Thursday, March 30
Shadow

देउवाको प्रधानमन्त्री कुर्सीमा बस्ने अधिकार खोसिदै, को बस्छ अब ?

प्रतिनिधिसभा ।

 

र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको छ ।

भने गठबन्धनका केहि दलका नेता कार्यकर्तालाई भने यो बिषयले उखरमौलो मच्चिएको छ ।पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डा रीले सन्देश सहित नागरिकता विद्ययेक प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विद्ययेकलाई शेरबहादुर देउवालाई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउन बनेको गठबन्धनले बहुमतको आडमा जस्ताको तस्तै पारित गराए पछि राष्ट्रपतिले दोस्रो पटक पनि ।

विद्ययके प्रमाणिकरण नगरी दराजमा थन्काइदिए पछि गठबन्धन धारीको टाउको दुखेको छ ।राष्ट्रपतिको बोल्ड कदमको नागरिक स्तरबाट अभूतपुर्व समर्थन मिलेको छ भने गठबन्धनवालाले राष्ट्रपतिले संविधानको गम्भिर उलघंन गरेको भन्दै ।

विरोध जनाएको छ । संसदको आयु समाप्त भएको अवस्थामा राष्ट्रपति माथी महाअभियोग लगाउन सक्ने सामर्थ पनि गठबन्धनमा देखिएको छैन । के गर्ने कसो गर्ने भन्दै अलमलमै गठबन्धन परेको देखिएको छ ।

कपिपयले भने राष्ट्रपतिले राजिनामा दिनु पर्ने कुरा पनि गरिरहेका छन् ।संविधानको गम्भिर उलंघन गरेको भन्दै राष्ट्रपतिको राजिनामा माग्नेहरुलाई राष्ट्रपतिको कदमको समर्थनमा रहेकाहरुले मुख भरिको जवाफ दिएका छन् ।

राजिनामा राष्ट्रपतिले होइन प्रधानमन्त्री शेरबहादुर देउवाले दिनु पर्ने मत उनीहरुले राखिरहेका छन् ।नागरिकताकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका अधिवक्ता एस के तिमि ल्सी नाले राष्ट्रपतिले होइन ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनु पर्ने बताएका छन् । संविधानको उलंघन राष्ट्रपतिले भन्दा पहिला सरकारले गरेको भन्दै देउवालाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको जिकिर उनले गरेका छन् ।