शुक्रबार , असार १७, २०७९

अन्ततः पल्टियो पासा ! आनन्द बतासले मन्त्रि प्रेम आलेलाईनै जेल हाल्ने तयारीमा

पुष २८, २०७८ बुधबार 306

बतास अर्गनाइजेशनका ।

अध्यक्ष आनन्दराज बतासले सम्झौता अनुरुप काम गराई पाउ भनेर अदालत जाने बताएका छन् । पत्रकार रिसी धमाला संग्गको अन्त र्वार्तामा कानुनि रुपमा आफ्नो काम जायज भएको र पंचायती शैलीमा मौखिक रुपमा मन्त्रि प्रेम आलेले दिएको ।

आदेशले नाराय णहिटीको संरचना भत्काइएकोमा र सम्झौता अनु सार काम रोकेकोमा सरकार बिरुद अदालत जाने बताएका छन ।बतासले अन्तर्वार्तामा भने, मन्त्रि आलेले मौखिक रुपमा काम रोक्ने कुरा तानाशाही हो , सम्झौता अनुसार मैले काम गरेको छु मेरो गल्ति छ भने कारबाही भोग्न तयार छु ।

तर मैले सम्झौता अनुसार काम गर्नपाउनु पर्छ होइन भने अदालत बाट म न्याय खोज्छु । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक ।

गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरूसँग कुनै प्रतिक्रिया नै नलिई रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन ।

मन्त्रालयका सहसचिव होम प्रसाद लुइँटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो ।र, उक्त समितिले एकपक्ष आफूहरू (बतास समूह) सँग भने कुनै सोधपुछ ।

नै नगरेको उनको भनाइ छ ।जाँच गर्न बनेको समितिले हामीहरूसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन ।विवाद आयो, हामी पनि त एक पक्ष हो नि! के हो त कुरा भनेर सोध्ने र हाम्रो कुरा राख्ने मौका हामीले पाउनु पर्ने होइन?’ न्युज ।

कारखानासँगको कुराकानीमा बतासले भने, ‘सरकारी समितिले एकपक्षीय रूपमा प्रतिवेदन बुझाएको छ।’नारायणहिटी दरबार सङ्ग्रहालय एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले त्यहाँ क्यान्टिन/क्याफेटेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरेपछि आफूहरूले प्रक्रियागत ।

रूपमा नै टेण्डर हालेको उनले दाबी गरे ।समितिले टेन्डर आह्वान गरेपछि हालेको हो। ३५ दिने सूचनामा सकैले पनि टेन्डर हालेनन्, १५ दिन थप गरेपछि हामीले थाहा पायौँ र हाल्यौँ । तर यसबारे हामीले छानबिन समितिसँग आफ्नो कुरा राख्न नै पाएनौँ’ उनले भने  ।

प्रतिकृया दिनुहोस्