Thursday, December 8
Shadow

फेक आईडीबाट मलाई ८ हजार १०० जनाले गाली गर्छन्ः महेश बस्नेत

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा आफूलाई आठ हजार १०० जनाले फेक आईडी बनाएर गाली गरेको एमाले नेता तथा सांसद महेश बस्नेतले दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सफ्टवेयर प्रयोग गरी हेर्दा आफूलाई फेक आईडीबाट गाली आइरहेको दाबी गरेका हुन् ।

मेरो फेसबुकमा अस्ती सफ्टवेयर राखेर हेर्‍यौँ, आठ हजार १०० जना छन् मलाई गाली गर्ने फेक आईडीवालाहरू,” उनले भने ।पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएपछि नेता बस्नेत सामाजिक सञ्जालमा विवादित बनेका छन् ।

उनले आफूलाई गाली गर्नेहरूलाई किन सम्मान गर्ने भन्दै प्रश्न गरेका छन् ।उनी भन्छन्, “उनीहरूलाई मैले सम्मानित शब्दहरू बोल्नुपर्ने अरे । फेरि मैले भने यी फेक आईडीहरू त चोर, डाँका, फटाहा, अपराधी, सुंगुर, कुकुर सबै हुन् भने ।

 

फेक आईडीसँग मैले सम्मानपूर्वक बोल्नुपर्ने ? फेरि पनि भन्छु, हाम्रा विरुद्ध फेक आईडी चलाएर गाली गर्नेहरू चोर, फटाहा डाँका हुन् ।“