Tuesday, November 29
Shadow

यदि ओली प्रधानमन्त्री हुनुभएन भने देश ठुलो दुर्घटनामा जान्छ – पूर्व आईजीपी सर्बेन्द्र खनाल

काठमाडौं ।

 

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेशपछि सम्बोधनको अधिकांश समय खनालले ओलीको गुनगानमा खर्चिए । उनले आफ्नो प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता नभेटेको बताए ।‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत ।

मैले उहाँका धेरै कुरा देख्न पाइनँ,’ उनले भने,‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’अध्यक्ष ओलीले राष्ट्र र नागरिक प्रतिको भूमिकालाई देखेर ।

उनको छत्रछायाँमा काम गर्ने इच्छा जागेकाले एमाले प्रवेश गरेको खनालले बताए । ‘अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।प्रहरी सेवामा आफ्नो कार्यकालमा पनि राम्रा काममा मात्रै सघाएको पूर्वआईजीपी खनालले दाबी गरे ।

उनले भने, ‘सम्पूर्ण गतिविधिहरू नचाहिने गतिविधि, आतंककारी गतिविधि, उच्छृंखल गतिविधिदेखि लिएर विभिन्न उल्लेखनीय काम गर्ने चेष्टा राखेर काम गर्दा ।

 

राम्रा कामबाहेक नराम्रा कामलाई कहिल्यै प्रशय नदिने हाम्रा श्रद्धय कमरेडको शीतल छहारी पाउनेछु भन्ने विश्वास लिएको छु ।’ ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्र समेत रहेको उनले बताए ।