आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर लाखौं युवाहरुलाई देश मै रोजगारी दिनेछु कोही विदेश जानु पर्दैन : अध्यक्ष दाहाल

News

नेकपा (माओवादी केन्द्र) ।

 

का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै ।

अध्यक्ष प्रचण्डले यस्तो आशय ब्यक्त गरेका हुन् ।उनले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए । अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पारे ।

उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता जनाए ।

उनले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पु¥याउने दाबी गरे ।अध्यक्ष दाहालले भने, ‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं । अब देश विकासको निम्ति वातावरण तयार भएको छ ।

अहिले नेपालमा जुन परिवर्तन आएको छ । राजनीतिक नेतृत्वको हैसियतलेमैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुकोसामु पनि ।

 

राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत ग¥यौं । अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो । त्यो प्रयोग गरियो र सफल भएन ।’

Leave a Reply

Your email address will not be published.