‘सपना’ भनेको हाम्रो ।
अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिको णले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ।कसैले सपनालाई ।
मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ।
मन्दिरको सपनालाई कसरी अर्थ्याउने? : मन्दिरको सपनालाई सही तरिकाले अर्थ्याउनको लागि, तपाईँको जीवनमा के-कस्ता घटनाहरू घटिरहेका छन् भनेर ध्यान दिनु जरुरी हुन्छ।
तपाईँले कस्तोकिसिमको मनोवैज्ञानिक अनुभवहरू भोगि राख्नु भएको छ अनि ‘मन्दिरको सपना’को प्रकृति कस्तो छ भनेर पनि बुझ्नुपर्दछ। यति बुझिसक्नुभएपछि मात्रै तपाईँले सही तरिकाले उक्त सपनालाई अर्थ्याउन सक्नुहुन्छ ।
मनको भार : साँच्चै भन्ने हो भने, मन्दिर भगवानहरूको घर हो र मानिसको मनको भार बिसाउने पवित्र ठाउँ हो। यो यस्तो ठाउँ हो जहाँ मानिसहरू आफ्ना प्रार्थना, प्रश्न अनि व्यग्रता पोख्ने गर्दछन्।