मलाइ मन्त्री बनाउनु होस चार वर्षमा नेपाललाइ सिंगापुर बनाइ दिन्छु : देउवा

News

काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन् । बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै ।

प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन् ।उनले वर्तमान सरकारले १५औं पञ्चवर्षीय योजनाअनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

प्रधानमन्त्री देउवाले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताए ।उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताए । उनले त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औंल्याए ।

उनले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै लगानी बढाउन आग्रह गरे ।उनले नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको बताए ।

प्रधानमन्त्री देउवाले लगानी बोर्डले ३३ वटा आयोजनाका लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै तीमध्ये २० वटा ठूला जलविद्युत् परियोजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published.