आज,पापनाशिनी,दयाकीखानि,मनोकामना पूर्ण गर्ने,माता कालिन्चोकि भगवतीको दर्शन गरि,राशिफल हेरौं,ओम लेखौं: भिडियो सहित

News

काठमाडौ,२०७९ असाेज ।

 

५ गते, बुधवार,२१ सेप्टेम्बर २०२२,आश्विन कृष्णपक्ष एकादशी तिथि, तिष्य नक्षत्र,चन्द्रराशि– कर्कट,ईन्दिरा एकादशीव्रत एकादशी श्राद्ध, विश्व शान्ती दिवस,आउनुहोस आजको आ आफ्नो भाग्य राशिफल हेरौ र दिनको सुरुवात गरौँ ।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला।

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेद देखिए पनि आमाको माध्यमबाट काम बन्न सक्छ।वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो परिस्थिति अलि संघर्षपूर्ण रहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ।

बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ।

आस मारेको नतिजा सकारात्मक हुने देखिन्छ।मिथुन – GEM INI  बका, कि, कु, घ, ङ, छ, के, को, ह बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला।

स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

Leave a Reply

Your email address will not be published.