शुक्रबार , असार १७, २०७९

टिकटक लाइभले जन्मायो ‘भिखारी सेलिब्रेटी’

पुष २८, २०७८ बुधबार 192

काठमाडौं।

कलाकार जयकिशन बस्नेत हरेक रात टिकटक लाइभमा देखिन्छ न्। उनको लाइभमा फलोअर्स पनि सयौं हुन्छन्। भ्यूअर्ससँग जयकिशन अनुरोध गर्छन् – ‘प्लिज मलाई चस्मा लगाईदिनुस्’। यत्तिमा उनी रोकिँदैनन्। उनी माग्दै जान्छन्, ।

मलाइ कार दिनुस्, मेरो स्क्रिनमा रकेट उडाइदिनुस्।’जयकिशनले मागेको चस्मा, कार र जेट विमान टिकटकमा पाइने क्वाइन हो। गिफ्ट अनुसार क्वाइनको मूल्य फरक फरक पर्छ। गुलाब र टिकटकको लोगो गिफ्ट पाउँदा एक क्वाइन पाइन्छ।

चस्माको १९९ क्वाईन, मोटरसाइकलको २९८८, कारको ७०० र रकेटको २० हजार क्वाईन पाइन्छ। यस्ता अरू पनि गिफ्ट हुन्छन्, धेरै-धेरै क्वाइनका।त्यसरी पाइने क्वाइनलाई डलरमा रूपान्तरण गर्न मिल्छ। त्यसैले पैसा पाउनकै लागि उनले आफ्नो लाइभका भ्यूअर्ससँग गिफ्टका लागि अनुरोध गरेका हुन्।

उनी घण्टौँसम्म टिकटक लाइमा यसरी नै बिताउँछन्। कमेन्ट सेसनतिर हेर्दा प्रशस्तै यस्ता कमेन्ट देखिन्छन्- ‘तपाईंलाई लाज लाग्दैन लाइभ आएर भिख माग्न ?’

प्रतिकृया दिनुहोस्