१७ हजार वर्षपछि भेटियो दूर्लभ दाहिने शंख देख्ने बित्तिकै ॐॐॐ लेखेर शेयर गर्नुहोस् मनले चिताएको कार्य पूरा हुनेछ ।

News

बीबीसी ।

 

सत्र हजार वर्षभन्दा पुरानो एउटा वाद्ययन्त्रबाट ध्वनि निकाल्ने पुरातत्त्वविद्हरूको प्रयास सफल भएको छ। दक्षिण फ्रान्समा प्राचीन घुमन्ते सिकारीहरूले प्रयोग गरेको गुफामा त्यो शङ्ख फेला परेको थियो।

धेरै ठाउँमा हड्डीबाट बनेका प्राचीन वाद्ययन्त्र भेटिने गरेका भए पनि उक्त शङ्ख त्यस किसिमको सबैभन्दा पुरानो वस्तु हो।यसबारे साइन्स एड्भान्सेज जर्नलमा विवरण प्रकाशित भएको छ।

उक्त शङ्खभित्र कुँदिएका बिन्दुजस्ता चिह्नलाई विशेष मानिएको छ। ती चिह्नहरू पिरनीज पर्वतीय क्षेत्रमा अवस्थित मार्सूला गुफाको भित्तामा भेटिएका कलाकृतिसँग मिल्दोजुल्दो देखिन्छन्।उक्त शङ्ख सन् १९३१ मा त्यहीँ भेटिएको थियो।

यसबाट यो शङ्खबाट निकालिने सङ्गीत र भित्तामा भएका चित्र हरू, आकृतिहरूबीच बलियो सम्बन्ध भएको देखिन्छ,” टूलूज विश्वविद्यालयका जील तोसेलोले भने।यो शङ्ख ३१ सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौडा छ।

यो शङ्ख प्रशान्त महासागरमा पाइने एउटा ठूलो खाले शङ्खेकी राको खबटो भएको विश्वास गरिएको छ।त्यतिबेला शङ्ख विशेष वस्तु भएको अनुमान गरिएको छ किनभने त्यो शङ्ख फेला परेको स्थान समुद्री किनाराबाट २०० किलोमिटर पर छ।

उत्खननकर्ताहरूले सन् १९३० को दशकमा फेला पार्दा त्यो शङ्ख लाई एउटा सामान्य भाँडो भन्ठानेका थिए। तर फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र सीएनआरएसले गरेको विश्लेषणका आधारमा नयाँ कुरा पत्ता लाग्यो।

Leave a Reply

Your email address will not be published.