अन्तत: चिप्लियो सापकोटाको सभामुख पद !

Intresting

काठमाडौँ ।

 

प्रतिनिधिसभाको निर्वाचन मनोनयन प्रक्रिया आइतबारबाट सुरु भइसकेको छ । समानुपातिक बन्दसूचीमा नाम भएका सांसदहरू को पदावधि पनि सकिएको छ । सांसदहरूको कार्यकालबारे कानुन निर्माण नभएको, संसद्ले ।

कार्यकालबारे कुनै घोषणा नगरेको र सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाको कुनै व्याख्या नगरेको अवस्थामा अभ्यासलाई पछ्याएर पदावधि सकिएको मान्नुपर्नेमा प्रतिनिधिसभाका सभामुख भने झन्डावाला सवारी लिएर हिँडिरहेका छन् ।

यस्तो अवस्थामा प्रश्न उठ्छ- उनको पदावधि समाप्त भयो कि कायमै छ ?संविधान दिवसको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा

यसअघिको संसदीय अभ्यास पछ्याउने हो भने प्रतिनिधिसभाका सबै सदस्यहरूको पद सकिएको छ । संसदीय व्यवस्थामा कानुनले नबोलेको भए अभ्यासलाई पछ्याउने गरिन्छ । विगतमा कार्यका लबारे स्पष्ट कानुन नभएको ।

अवस्थामा समानुपातिक बन्दसूची बुझाएको अघिल्लो दिनबाट सभामुुख र सांसदहरूको पद सकिएको भन्दै तत्कालीन सभामुख र सांसदहरूले पद छाडेका थिए ।तर सापकोटा भने सिंहदरबारमा रहेको सभामुखको ।

कार्यकक्ष, टुँडिखेलदेखि शितलनिवास सोमबार सभामुखको हैसियत मा भीआईपी सवारी र झन्डावाल गाडी लिएर पुगे । सभामुखकै हैसियतमा संविधान दिवसको शुभकामना सन्देशदेखि आफ्ना धारणा जारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.