देख्ने बित्तिकै फोटो छोएर ॐ लेखी दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ

News

आध्यात्मिक, जैविक, ।

 

आर्थिक र पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा पाइने विश्वकै बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदी दोहनका कारण गिटीमा परिणत हुँदै गएको छ ।

नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनले कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको र मानव जाति एवं प्रकृतिमाथि सङ्कट निम्ताइरहेको संरक्षणकर्मी बताउँछन् ।

नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा निकाल्दा धार्मिक र आर्थिक महत्वलेयुक्त शालिग्राम शिला गिटीमा परिणत हुँदै गएका शालिग्रामका अध्येता रङ्गराज आचार्यले बताउनुभयो ।

 

शालिग्रामको धार्मिक महत्व आचार्यका अनुसार भगवान विष्णु पतिब्रता वृन्दाको श्रापका कारण शिलास्वरूप भई गण्डकीक्षेत्रमा रहनु भएकाले शालिग्रामलाई भगवान् विष्णुको अंश मानेर हिन्दूधर्मावलम्वीले पूजा गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published.