Tuesday, November 29
Shadow

माओवादी अध्यक्ष दाहाल जापान जाँदै

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पाँचदिने जापान भ्रमणमा जाने भएका छन् । उनका स्वकीय सचिव रमेश मल्लका अनुसार जापानमा रहेको नेपाली जनप्रगतिशील मन्चको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन उनी साउन २१ मा टोकियो प्रस्थान गर्न लागेका हुन् ।

मल्लका अनुसार साउन २२ मा नेपाली जनप्रगतिशील मन्चले कार्य क्रम आयोजना गरेको हो । त्यसबाहेक दाहालले सम्भव भए सम्म राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । तर‚ उक्त भेटवार्ताको कुनै पनि कार्यसूची तय भइनसकेको उनले बताए यसका साथै दाहालले टोकियोको भ्रमणसमेत गर्ने छन् ।

‘जापानबाट कार्यक्रमबारे सम्पूर्ण जानकारी आइसकेको छ । जाने प्रक्रियाको सुरुआत भइसकेको छैन । अब जापान प्रस्थानको गृह कार्यलाई अघि बढाउछौं,’ मल्लले भने ।दाहाल दुई साताअघि मात्रै भारत भ्रमण सकेर फर्किएका थिए ।