अभिनेत्री श्वेता खड्का ।
आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालमार्फत श्वेताले आफू गर्भवती रहेको जानकारी गराएकी हुन् ।शनिबार इन्स्टाग्राममा गर्भ को तस्वीर सार्वजनिक गर्दै श्वेताले आफू आमा बन्न लागेको जना एकी हुन् ।अभिनेत्री श्वेताले गत वर्षको कात्तिकमा धनगढीका विज येन्द्र सिंह राउतसँग विवाह गरेकी थिइन् ।
श्वेताको उक्त विवाह दोस्रो हो ।यसअघि श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
नायिका श्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्र मा प्रवेश गरेकी थिइन् ।यो पनि – असोज ७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले नायक भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
चलचित्र विकास बोर्डले राती ११ बजेपछि हल संचालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ ।हुनत, यो प्रावधान भुवन केसीको पालामा आएको होइन ।
यस्तो प्रावधान धेरै अगाडिदेखि नै लागू हुँदै आएको छ । तर, प्रदी पले भने यो फिल्म ‘प्रेमगीत ३’लाई लक्षित गरेर ल्याइएको भन्दै राजिनामा दिन माग गरेका हुन् ।उनले भने–‘मैले स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भनेको हुँ ।
प्रदीपले केही समय अगाडि ‘प्रेमगीत ३’लाई चलचित्र विकास बोर्ड ले गरेको सम्मान पनि देखाउने दात्त मात्र भएको तर्क गरे । उनले अगाडि भने–‘मैले प्रकाशको बेलामा कसैसँग पनि प्रतिस्पर्धा छैन भनेको थिएँ । खुट्टा कहाँसम्म तान्ने, आफ्नो हातले भ्याउँदासम्म हो टुप्पोमा चढिसकेपछि कहाँ गएर तान्ने ?’