Monday, June 5
Shadow

याे पाराले देशलाई अगाडि बढाउन सकिँदैन मलाई प्रधानमन्त्री बनाउनुहोस: माधव नेपाल

काठमाण्डाै ।

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ।

अध्यक्ष नेपालले संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो चुनावपछि अनुमान गरिएअनुसार नभएको बताउनुभएको हो ।उहाँले केही नेताहरूको चरम व्यक्तिवाद र अहङ्कारका कारण देश अन्योलको दिशातर्फ गएको बताउनुभयो ।

देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको अध्यक्ष नेपालकाे भनाइ छ । यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै उहाँले विचार र कार्यशैलीमा रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन ।

राज्यमा जुन ढङ्गले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेकोले म अत्यन्तै चिन्तित छु । यो देशलाई यही पाराले, यथास्थितिको हिसाबले अनि गफको हिसाबले अगाडि बढाएर लान सकिँदैन ।

 

अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन । चिन्तन राजनी तिक हुनुपर्‍याे ।’ अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको बताउनुभयो । उहाँले ठूला पार्टीहरूले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गर्नुभयो