केही दिनअघि सार्व’जनिक यातायातमा व्यक्तिगत दुरी कायम राखिरहेका दुई महिलाको वार्ता यस्तो थियोः ‘आप्पोई, तिम्लाई टिकटक’बारे थाहै छैन त ?.ढाँटेको होला !’नजिकै बसेकी अर्की महिलाले ठूलै कुरा गुमाएको भाव व्यक्त गरिन्।
त्यसपछि ती महिलाले टिक’टकको बखान सुरु गरिन्।‘टिकटकमा भएका राम्रा गीतमा आफैँ हिरोइन बनेर भिडि’यो बनाउन पाइन्छ, हिरो हिरो’इनले जस्तै डाइलग बोल्न पाइन्छ। नाच्न पनि पाइन्छ। अझै आफैँले अलि दिमाख लाएर भिडियो बनाउने हो भने त भाइ’रल पनि भइन्छ। तिम्लाई थाहा छैनरैछ, टिक’टक बनाएर कति केटीहरु त हिरोइनै बनिसक ।
अर्की महिलाको अनुहार भने निन्याउरो थियो किनभने यतिधेरै फाइदा भएको टिक’टकबारे उनले थाहै पाएकी थिइनन्।चिनियाँ कम्पनीले बनाएको तर त्यहाँ प्रायः प्रयोग नहुने म्युजिकल्ली हिजोआज नाम परिवर्तन भएर टिकटक भएको छ।
भारतमा लोक’प्रिय भएपछि नेपालमा पनि छिरेको टिकटक अहिले नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने मोबाइल एप’मध्येमा पर्छ। फेसबुक’पछि सबैभन्दा धेरै यही प्रयोग हुने केहीको धारणा छ।