Monday, January 30
Shadow

उपचार गर्न भन्दै जर्मनी पुगेका नेतालाई ‘आफ्नै देशमा राम्रो अस्पताल बना’ भन्दै जनताले लखटे

काठमाडौं ।

 

नेपालमा अहिले नेताहरु उपचारका लागि विदेश जाने क्रम बढ्दै गइरहेको छ । सरकारमा रहेका व्यक्तिहरु पनि उपचारमा नाममा बाहिर जाने गर्दछन् ।आफ्नै देशमा सुविधा सम्पन्न अस्पताल बनाउनुको साटो आफ्नो उपचार गराउन विदेश गएको भन्दै नाइजेरिन नेतालाई जनताले कुटेका छन् ।

जर्मनमा बस्ने नाइजेरियन नागरिकहरूले संसदका पूर्व उपप्रमुख इके एकवेरेमाडूमाथि हातपात गरेका हुन् ।उपचारसँगै जर्मनमा रहेका आफ्ना देशका नागरिकसँग भेटघाट गर्न जर्मन पुगेका उपप्रमुखलाई ‘तलाई लाज लाग्दैन्,।

आफ्नो देश फर्केर अस्पताल बना’ भन्दै विमानस्थलमै हातपात गरेको भिडियो भाइरल भइरहेको छ ।उक्त हमलापछि राजनीति दलका नेताहरूलाई विदेश भ्रमणमा जाँदा सचेत रहन ।

 

नाइजेरिया सरकारले अनुरोध गरेको छ ।स्वास्थ्य उपचारको लागि जर्मन गएका संसदका पूर्व उप प्रमुखमाथि हातपात गरिएको हो । एजेन्सी