देउवाले आरजुलाई जसरी पनि जितार, नेपालको पहिलो महिला प्रधानमन्त्री बनाउने !

News

काठमाडौँ‚ डडेलधुरा ।

 

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चुनावसम्म जसरी पनि गठबन्धनलाई निरन्तरता दिन चाहन्छन् । गठबन्धनलाई सहज अवतरण गराउन व्यस्त बनिरहेका उनका अनुहारमा थकान र बोझ झल्किन्छ ।

तत्कालका लाभ–हानि हेरेर अंकगणितको व्यवहारवादी राजनीति गर्न सिपालु ७८ वर्षीय देउवा आफ्नै नेतृत्वमा चुनाव गराएर जनमतबाट छैटौं पटक प्रधानमन्त्री बन्ने योजनामा छन् ।

तर गठबन्धनका पाँच दललाई मिलाएर चुनावमा जानु सहज छैन । समानुपातिक उम्मेदवारको सूची बुझाउन ६ दिन बाँकी छँदा गठबन्धनभित्र प्रतिनिधिसभाको सिट संख्यामै सहमति जुटेको छैन । एकले अर्कोलाई गलाउने रणनीतिबाट गठबन्धन दलहरू टसको मस भएका छैनन् ।

प्रत्यक्षतर्फका सिटमा भागबन्डा नटुंगिँदा समानुपातिक उम्मेदवार छनोट गर्न अन्योल भएको छ । प्रत्यक्षमा वञ्चित हुने नेतालाई समानुपातिकमा राखेर असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने भएकाले गठबन्धनलाई अबको एक–दुई दिनभित्रै निकास दिनुपर्ने बाध्यतामा उनी छन् ।

एकातिर विभिन्न शक्तिकेन्द्रले गठबन्धन भत्काइदिन सक्ने संशय, अर्कोतर्फ गठबन्धनका सहयात्री दलहरूका अनावश्यक माग र पार्टीभित्रको दबाबका कारण उहाँले आफ्नो निर्वाचन क्षेत्रको चिन्ता गर्ने समयसमेत पाउनुभएको छैन,’ ।

देउवानिकट एक नेताले भने ।अर्कातिर श्रीमती आरजु राणालाई जिताउनैपर्ने दबाब पनि देउवामाथि छ । चुनाव जितेर प्रधानमन्त्री हुने महत्त्वाकांक्षा राखेकी आरजुलाई यसअघि हारेको निर्वाचन क्षेत्र कैलाली–५ बाटै चुनाव लडाउने उनको तयारी छ ।

त्यसका लागि अहिल्यैदेखि पार्टीभित्रका असन्तुष्टलाई बालुवाटार बोलाएर फकाउन र स्थानीय तहमा प्रभाव जमाएका व्यक्ति र क्षेत्रीय पार्टीलाई पक्षमा पार्न देउवाले कसरत गरिरहेका छन् । आरजुलाई चुनाव जिताएर ।

आगामी पाँच वर्षभित्रै प्रधानमन्त्री बनाउने तयारीसमेत भइरहेको चर्चा राजनीतिक वृत्तमा छ । आफ्नो स्वीकार्यता बढाउन आरजुले पार्टी र गठबन्धन दलबीचमा मात्रै नभई भारतीय संस्थापनलाई समेत रिझाउन खोजेको कतिपयको बुझाइ छ ।

देउवानिकट कतिपय नेताहरू आरजु प्रधानमन्त्री बन्ने कुरा आश्चर्य जनक नभएको बताउँछन् भने कतिपयले असम्भव भएको तर्क गरिरहेका छन् । ‘आरजुलाई प्रधानमन्त्री बनाउने पक्षमा लागेको मैले पाएको छैन, केही दिनअघि ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिभिजनबाट शेरबहादुर देउवा नै थप एक पटक प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको छ, सम्भवतः उहाँले थाहा पाएरै त्यस्तो धारणा राख्नुभएको होला,’ संस्थापन पक्षका एक नेता भन्छन्, ।

भाउजूको दबाब परेको होला तर शेरबहादुर दाइले प्रधानमन्त्री छाड्ने कुरामा मलाई विश्वास छैन ।राजनीतिक विश्लेषकसमेत रहेका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल कांग्रेसभित्र देउवा, एमालेभित्र केपी ओली र माओवादीभित्र प्रचण्ड तीनै जनाले राजनीतिक विश्राम लिएर ।

युवा नेतालाई अघि सार्नुपर्ने समय घर्किसकेको बताउँछन् । गठ बन्धनको जोडघटाउ मिलाएर छैटौं पटक प्रधानमन्त्री बन्ने लक्ष्य बनाइरहेका देउवाले विश्राम लिएर ५० वर्षमुनिकालाई अघि बढाउँछु भन्ने हो भने माहोल ह्वात्तै बढ्ने उनको बुझाइ छ ।

तर, देउवाको लक्ष्य आफैं प्रधानमन्त्री हुनेतिरै रहेको बुझाइ उनको छ कुनै नाटकीय मोड नआएमा आगामी पाँच वर्ष पनि देउवा, दाहाल र ओलीकै सेरोफेरोमा राजनीतिको मियो रहने करिब निश्चित छ, प्रधानमन्त्री यी तीन नेताभन्दा बाहिर जाने।

अवस्था देखिन्न,’ उनले भने, ‘आफू नांगो भइसकेको छु भन्ने थाहा छैन । तीनै जनाले जनमत आफूविरुद्ध गइरहेको छ भन्ने अनुभूति गरेर पार्टीभित्रकै काविल मान्छेलाई अघि सार्न सके राम्रो हुन्थ्यो तर त्यो अवस्था देखिन्न ।

अघिपछि परिवर्तनको कुरा गर्ने नेता–कार्यकर्ता पनि चुनावी मुद्दा सुरु हुन थालेपछि नेताहरूकै पछि लाग्ने प्रवृत्ति देखिएको उनी बताउँछन् । ‘राम्रो डेलिभरी दिन सक्ने, बलियो र मतदाताबीच लोकप्र्रिय नेता आउन सके हुन्थ्यो तर प्रमुख यी तीन दलमा यसै पटक नेतृत्व परिवर्तन हुने सम्भावना कम छ,’ उनले थपे ।

 

गृहनगर डडेलधुरामा अहिले कांग्रेस कार्यकर्ताहरू ‘देउवाले जिते प्रधानमन्त्री, अरूले जिते सांसद’ भन्ने राजनीतिक थेगो बनाउन थालेका छन् । ०४८ सालयताका ६ वटै निर्वाचनमा अपराजित देउवाले सातौं निर्वाचनलाई जीवनकै अन्तिम निर्वाचन भन्ने ।

गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्नेभन्दा पनि गठबन्धनलाई निरन्तरता दिने र पार्टीभित्रको झगडा मिलाएर आगामी निर्वाचनमा ठूलो दल बनाउने मुख्य लक्ष्य देउवाको छ ।

Leave a Reply

Your email address will not be published.