हिजो दिउँसो ।
शीतल निवासमा २० जनाको लर्को एकै चोटी छिर्यो । पेचिलो बनाइए को नागरिकता विधेयक र यसको प्रमाणाीकरणबारे छलफल गर्न एक महिनादेखि नियमित रुपमा शीतल निवास जानेहरुको सूची लामै छ ।
सोही क्रममा हिजो दिउँसो २ बजे राष्ट्रपतिले ‘नागरिकता विधेयक मात्र नभएर राष्ट्र र राष्ट्रियताको विषयमा संघर्ष गरिरहनु भएका तपाईंहरु’ भन्दै २० जनालाई ‘आफ्नो मुद्दामा थप वातावरण बनाउन देशभक्तहरु लागिपर्नोस्’ भनेर आग्रह गर्नुभएको बताइन्छ ।
राष्ट्र पतिसामु नागरिकता बिधेयकबारे सरोकार राख्न प्रा.डा. राज कुमार पोखरेल,साध्यबहादुर भण्डारी,सीपी मैनाली,नारायण शर्मा, हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहरा ब्रह्माण्ड,रत्नसंसार श्रेष्ठ,नागरिकताविज्ञ शान्तिकुमार तिमल्सिना,कुमार श्रेष्ठ, डम्बर विक्रम कार्कीलगायत शीतल निवास पुगेका थिए ।
टोलीको कुरा सुनेपछि राष्ट्रपति भण्डारीले सबैलाई धन्यवाद दिँदै नागरिकताको मुद्दा २००९ सालदेखि कायम रहेको जानकारी दिनुभएको सहभागी एक जनाले जनआस्थालाई बताए ।
राष्ट्रपतिको भनाइ थियो, ‘वंशजकाले नागरिकता पाउन कुनै अप्ठेरो नहुनुु पर्ने हो । तर त्यस्तो भइरहेको सुन्छु । कमजोरी कहाँबाट भइर हेको छ थाहा पाउनुपर्छ र कसैले पनि नियतवशः गल्ती गर्नुहुँदैन ।’
नागरिकतालगायतका विषय विश्व परिवेशअनुकूल नभएको आवाज उठेको,यसलाई हाम्रो देश र परिवेशअनुसार बनाउन सबैले रचना त्मक भूमिका खेल्नुपर्ने उहाँको सुझाव थियो ।
स्रोतका अनुसार बुझ्ने भाषामा राष्ट्रपतिले भन्नुभयो, ‘नागरिकताको कारण विखण्डनकारी तत्वले खेल्न नपाओस्,राष्ट्रियता कमजोर नब नोस्,मुलुकको सार्वभौम र स्वतन्त्रतामा कुनै असर नपरोस् साथै आर्थिक असर पनि नहोस् ।
राष्ट्रपति भण्डारीले नागरिकताको विषयलाई बढी जोड दिँदै धारणा राखेको बताइन्छ । हामी पहिले कहिँ चुकेको आफूलाई महसुस भएको उहाँको भनाइ थियो । अब सबै मिलेर सच्याउने र संविधान बन्नुअघि अहिलेको जस्तो बहस उठेको भए राष्ट्रहितमा हुने उहाँको निश्कर्ष थियो ।
तर ढिलै भए पनि आज पक्ष र विपक्षमा बहस उठेको छ,यो खुशी को विषय हो । बहस उठेपछि सल्टिन्छ । तपाईंहरु पनि आफ्नो मुद्दामा लाग्नुहोला,वातावरण बनाउनु होला । गल्ती सुधार्ने अवसर सबैलाई दिनुपर्छ,’ उहाँको भनाइ रहेको सहभागीले बताए ।
राष्ट्र पतिले आफ्नो पुत्ला जलाएको थाहा पाएको र त्यसमा आफू लाई खुशी लागेको सहभागीहरुलाई जानकारी गराउनुभएको छ । आफ्नो कर्म गर्नेलाई पुत्ला जलाएर केही फरक नपर्ने उहाँको निचोड थियो ।
मेरोविरुध्द प्रदर्शन भएकोमा खुशी छु,’ राष्ट्रपतिले अन्तिममा भन्नुभयो । सबैलाई धन्यवाद भनेपछि उहाँ आफैँ सामूहिक फोटो खिच्न तयार हुनुभएको स्रोतको दाबी छ ।