नागरिकता विधयेक पास नगरे जे पनि हुन्सक्छ :हृदयश त्रिपाठी

News

काठमान्डौ,।

 

जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रपतिसामू नागरिकता विधेयक प्रमाणिकरण गर्नुको विकल्प नरहेको बताएका छन् ।संघीय संसदको दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण नगरे मुलुकमा दूर्भाग्यपूर्ण अवस्था आउने चेतावनी दिए ।एन

 

नागरिकता विधेयकलाई लिएर राजनीतिक विभाजन ल्याउन खोजे को भन्दै त्रिपाठीले भने, सले कहीँनकहीँ दूर्भाग्यपूर्ण अवस्था मा देशलाई लैजान्छ ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा त्रिपाठीले नागरिकता विधेयक प्रमाणीकरणसँग संविधानले दिएको संसदीय सर्वोच्चता कायम रहने कि नरहने भन्ने प्रश्न पनि जोडिए को बताए ।

उनले भनेका छन्, ‘हाम्रो संविधान अनुसार संसदले पारित गरेको विषय एक पटक पुनर्विचारका लागि पठाउन सक्ने व्यवस्था छ । तर, यदि दोस्रो पटक संसदले कुनै पनि विधेयक पारित गर्छ भने त्यो बेलायती मोडल अनुसार त्यसलाई प्रमाणिकरण गर्न बाहेक अन्य विकल्प छैन ।

यस्तै, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ ।समझदारीअनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ  ।

नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनि धिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिने ।

 

निर्णय भएको समझदारीपत्रमा उल्लेख छ । जनता प्रगतिशील पार्टीको निर्वाचन चिन्ह लिएर प्रदेशसभा सदस्य वा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारी दिएर नेकपा संयुक्तका उम्मेदवार विजयी भएमा दुबै दलबाट कुन हवीप नलाग्ने समझदारी पनि भएको छ ।

 

जनता प्रगतिशील पार्टीले दुवै दलको तर्फबाट उम्मेदवारहरूको औपचारिक मनोनयन पत्र प्रदान गर्ने र दुवै पार्टीको आपसी समझदारीमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची तयार गर्ने समझदारी पनि भएको छ । सहमतिपत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र नेकपा संयुक्तका चन्द्रदेव जोशीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published.