हाल्ने अनि फाल्ने किन गरिन फेसबुक स्टाटस : “समिक्षा” ले हेर्नुहोस

Lifestyle

गायिका अधिकारी ।

 

को उक्त स्ट्याटसमा सकरात्मक भन्दा पनि नकरात्मक कमेन्टहरू आउन थालेपछी उनी उक्त स्ट्याटस डिलिट गर्न बाध्य भएकी छिन् अहिले भने अधिकारीको फेसबुक टाइमलाइनबाट उक्त स्ट्याटस हटाइएको छ ।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दु:खद् घटना भोगिरहेकी छु ।

उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् । जिल्ला अदालत नव लपुरले पीडकबाट रु दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।

उनले सामाजिक संजालमा लेखेकी थिईन :मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार! यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।

बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन।

म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँ हरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।

Leave a Reply

Your email address will not be published.