शुक्रबार , असार १७, २०७९

सुर्खेतका राउटे चेली सँग सहरी विकास मन्त्री झाक्रीले लगाइन मित !

पुष २५, २०७८ आइतबार 295

सुर्खेत – शहरी ।

विकास मन्त्री रामकुमारी झाँक्री सहित नेकपा एकीकृत समाजवा दीका उप–महासचिव प्रकाश ज्वालाको टोली शुक्रबार राउटे बस्तीमा पुगेको हो ।टोलि शुक्रवार सुर्खेतको सिम्ता गाउँपालिका-४ कालिखोला पटौकामा भेरी नदिको किनारमा बस्दै आएका राउटे बस्तीमा पुगेको हो ।

मन्त्री झाक्रीले राउटे युवती संग मीत लगाउन र माया प्रेम साट्न राउटे बस्तिमा पुगेकी हुन । मन्त्री झाक्रिले राउटेलाई नेपाली समाजमा सामाहित गर्ने र आफन्तको नाता जाेडेर सम्बन्ध कायम गर्ने उदेश्यले राउटे युवतीहरु सम्झना र काजलु संग मीत लगाएर माया प्रेम साटासाट गरेकी हुन।

लोपोन्मुख राउटे समुदायको घर निर्माणका लागि प्रस्ताव लिएर उक्त टोली पुगेको हो । उक्त प्रस्ताव राउटे आवास, शिक्षा र स्वास्थ्यकाे प्रत्याभूति दिलाउन मन्त्री रामकुमारीसहितको टोली  पुगेको जनाइएको छ ।

नेकपा एकीकृत समाजबादीका उपमहासचिब तथा पुर्व मन्त्री प्रकाश ज्वालाले आफुले पनि लगाएकाे टाेपि साटेर मीत लगाएका छन् ।

प्रतिकृया दिनुहोस्