भारतीय डाक्टरको ।
एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिरामीको अप्रेसनका लागि अस्पताल जाँदै गर्दा जाममा परेपछि गाडी सडकमै छाडेर डाक्टर गोविन्द नन्दकुमार दौडिनुभएको हो ।
ग्यास्ट्रोएन्टरोजोली सर्जन डाक्टर नन्दकुमार बैंग्लोरको मणिपाल अस्पतालका काम गर्नुहुन्छ ।३० अगष्टका दिन उहाँ घरबाट अस्पताल जान भनेर निस्कनुभयो ।
अस्पतालमा एक बिरामीको पित्तथैलीको अप्रेसन गर्नुपर्ने थियो । बाटोमा भीषण पानी परेपछि सडक जलमग्न भयो । यसै कारण डा.नन्दकुमार सरजापुर–मराठाहल्ली क्षेत्रमा पुग्दा जाममा फस्नु भयो।जाम खुल्ने कुनै संकेत देखिएन ।
अस्पतालबाट फोन आएको आयै थियो । डा.नन्दकुमारले जाम खुल्ने प्रतिक्षा गर्न सक्नुभएन। अस्पताल पुग्न ३ किलोमिटर बाँकी थियो । गाडी जाममै छाडेर दौडिन थाल्नुभयो। अस्पताल पुग्न ४५ मिनेट लाग्यो ।
समयमै पुगेर उहाँले बिरामीको सफल अप्रेसन गर्नुभयो ।आफू सधैँ बैंग्लोरको मध्यभागबाट बैंग्लोरको दक्षिण–पूर्वी क्षेत्रमा रहेको मणि पाल अस्पताल जाने गरेको डा.नन्दकुमार सुनाउनुहुन्छ । ‘म समयै निस्किएको थिएँ ।
अप्रेसनका लागि मेरा सबै टिम तयारी अवस्थामा थियो । थप सोच्न नलागीकन गाडी छाडेर हिड्न थालेँ।’खाना समेत खान नदिएर अप्रे सन को तयारीमा राखिएका बिरामीलाई थप कुराउने पक्षमा नभ एकाले यस्तो निर्णय ।
लिएको डा.नन्दकुमार बताउनुहुन्छ। १८ वर्ष देखि ग्यास्ट्रो एन्टरोजो लीको रुपमका कार्यरत डा.नन्दकुमारले १ हजार भन्दा बढी बिरा मीको सफल अप्रेसन गरिसकेको भारतीय मिडियाले जानकारी दिए का छन् ।