डरले गगन थापा तनावमा ! आफुलाइ स्वतन्त्र उम्मेदवारले पो हराउने हुनकी ?

News

काठमाडौं ।

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आउने निर्वाचनमा काठमाडौं-४ बाट उठ्ने निश्चित छ। क्षेत्रीय समितिले गगन थापालाई सर्वसम्मत रुपमा आगामी प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिस गरेको छ।

थापाले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पराजित गरेका थिए । थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका थिए ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाएका थिए ।

दुई पटकसम्म सो क्षेत्रबाट निर्वाचित भएका गगन थापालाई यो पटक भने कठिन हुने देखिन्छ। उनलाई सत्ता गठबन्धनको साथ भए पनि स्वतन्त्र उम्मेदवार उनको लागि तगारो हुने देखिन्छ।

पछिल्लो समय युवा नेताको रुपमा चर्चा कमाएका नेता गगन थापा कांग्रेसको १४औँ महाधिवेशनबाट चर्चित महामन्त्री बनेका छन्। नेता थापा उक्त क्षेत्रमा राम्रै नेताको रुप परिचित छन्।

 

विकासका कामहरु पनि राम्रै गरेता पनि उनलाई यो पटक भने स्वतन्त्र उम्मेदवारहरुले भोट काट्ने देखिन्छ। स्वतन्त्र उम्मेदवारहरु धेरै उठ्ने भएपछि थापाको भोट काटिने देखिन्छ।

Leave a Reply

Your email address will not be published.