हामीले चाह्यौ भने चमत्कार गर्न सक्छौं, भोट गरेर जिताउनु होस्: अध्यक्ष प्रचण्ड

News

माओवादी केन्द्रका ।

 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् ।आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनी तिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’एमाले र कांग्रेस सिङ्गल-सिङ्गल भिड्ने, कसैले प्रचण्डलाई नबोक्ने ।

सीट बाँडफाँटमा भइरहेको सकसले सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस तनावमा छ । ‘अनुकुल’ परिस्थितीमा बहुमत आउनेगरी निर्वाचनमा जाने चाहनामा रहेको कांग्रेसका लागि निर्वाचनमा जानुअघि नै सीट बाँडफाँट टाउको दुखाईको विषय बनेको छ ।

यसबीचमै प्रमुख विपक्षी एमालेले सिंगल सिंगल चुनाव लडौं भन्ने प्रस्ताव अनौपचारिक रुपमा विभिन्न च्यानलबाट कांग्रेसलाई राखि सकेको छ । एमालेले कांग्रेसलाई सीट बाँडफाँटका कारण गठ बन्धन टुट्यो भने पनि एमालेले माओवादी र नेकपा एसलाई नबोक्ने आश्वासन समेत दिएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकले ‘आफ्नो एकल बहुमत आउनेगरी गठबन्धन दलबीच चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो । यसका लागि प्रत्यक्षतर्फ कम्तिमा १०० सीटमा उम्मेदवारी हुनुपर्ने कांग्रेसको समिक्षा थियो ।

Leave a Reply

Your email address will not be published.