को बन्ला प्रधानमन्त्री ?आफ्नो बिचार लेख्नुहोस

News

सीधाकुरा जनता संग कार्यक्रम चलाएर देश तथा विदेशमा चर्चित हुन सफल लामिछानेले याे देश नै माओवादीकाे एजेन्डामा चलेकाे वताएका छन। यहाँ जे जति उपलब्धीहरु प्राप्त भएका छन ।

ति सबै दश वर्षे जनयुद्द बाट मात्रै सम्भव भएकाे उनकाे बुझाइ रहेकाे छ। नेपालीहरुले क,ठाेर राना शाषण, पञ्चायत, जहाँनिया राजतन्त्र लगायत थुप्रै क,ठाेर भन्दा ।

कठाेर शाषण व्यवस्था भाेगेका छन। हामी धेरै कुराहरु अध्ययन नगरेर हचुवाकाे भरमा वाेल्ने गर्छाै, लेख्ने गर्छाै। हामी नराम्राे कामकाे यति विराेध गर्छाै कि जुन स्वयम आफैले आफ्नै शब्दहरु सबैकाे अगाडी पढ्न सक्दैनाैँ।

मन लागेकाे चिज खाना पाइएकाे छ, मन लागेकाे लाउन पाइएकाे छ, आफुलाइ चित्त नबुझेका कुराहरु मज्जाले बाेल्न पाइएकाे छ, कसैले कुनै पनि किसिमका विभेद गर्ने त के अलिकति संकेत मात्र गर्याे भने उसले स,जाय भाेग्नुपर्छ।

मानिसहरु अन्यायकाे विरुद्द वाेल्न पाएका छन, स्वतन्त्र रुपमा काम गर्न पाएका छन, सरकार वा कुनै पनि निकायमा भएका गलत कामकाे विराेध गर्न पाएका छन, खुेलेर राजनैतिक विचारकाे समर्थन वा विराेध गर्न पाएका छन ।

याे भन्दा ठुलाे उपलब्धी भाैतिक विकास हुन सक्दैन।अब देशमा विकास निकास चाहिएकाे हाे तर विकास भएन भनेर अन्य उपिब्धीहरु केहि हाेइनन भन्नु हुन्न।

यसरी साेच्न थाल्याे भने हामी सहि दिशामा अगाडी बढ्न सक्दैनाैँ। स्वतन्त्र रुपमा कुनै पनि काम गर्न पाउनु सबैभन्दा ठुलाे कुरा हाे जुन राजतन्त्र र राणा कालहरुमा थिएन।

Leave a Reply

Your email address will not be published.