एक रुपियाँ नतिरी पहिलो लटमा ४ सय ५० नेपाली मलेसिया जादै

International

काठमाण्डाै ।

 

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । शून्य लागतमा नेपाली कामदार लाई मलेसिया लैजान मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालमा रहेको म्यानपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्वीपक्षीय सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नु भएको छ ।

 

सम्झौताअनुसार यो कम्पनीमा दुई म्यानपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसिया को यो कम्पनीले पहिलो चरणमा ४ सय ५० श्रमिक लैजान लागेको छ ।आकर्षण इन्टरनेशनलबाट १ सय ४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १ सय ७५ महिला।

र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाण्डाै आएको छ ।आज र भोलि श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनी ले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.