रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको ज्यान गुमाउनेको संख्या बढ्दो, चौध वर्षमा १० हजार ९३२ जना

News

काठमाडौं, २८ भदौ :।

 

रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ ।वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ ।

उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष २०७८/७९ मा भएको थियो । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाले ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो आर्थिक वर्ष २०६६/६७ यो संख्या ४२१ रहेको थियो ।

वोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना र २०७२/७३ मा ८२६ जनाको मृत्यु वैदेशिक।

रोजगारीको सिलसिलामा भएको थियो ।यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना,।

 

२०७७/७८ मा १ हजार २४३ जना र २०७८/७९ मा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।बितेको चौध वर्षमा ५० लाखभन्दा बढी नेपाली वैध तरिकाले वैदेशिक रोजगारीमा गएका छन्

Leave a Reply

Your email address will not be published.