Monday, January 30
Shadow

बालेनले कुनै दिन काँग्रेस–एमाले नेताका घरमा आगो लगाउँछन्, अब जेलमा हाल्नु पर्छ– महेश बस्नेत

काठमाडौ।

 

एमाले सांसद महेश बस्नेतले काठमाण्डू महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह नलगाउने हो भने काँग्रेस र एमालेका नेताको घरमा आगो लगाउने बताएका छन्।भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले बालेनको ।

गतिविधि एमाले र काँग्रेसविरुद्ध केन्द्रित रहेको बताए। मानिसले जीवनभरको कमाइले बनाएको घरमा डोजर लगाउँदै हिंडेर बालेनले लाखौं मानिसलाई बिचल्ली पारेको टिप्पणी गरे।

बस्नेतले पुराना मापदण्डका आधारमा बनेका सम्पदा बस्तीका घरमा भूकम्पपछि बनेको नयाँ मापदण्डअनुसारको पार्किङ नराखेको बहानामा भत्काउन नपाइने तर्क गरे।

भत्काउने हो भने पूर्वसूचना दिएर विकल्प वा क्षतिपूर्तिसहित मात्र भत्काउनुपर्ने उनले स्पष्ट गरे। ‘ कसैलाई लहड चल्यो भन्दैमा डोजर चलाएर ड्याङकीड्याङ घर भत्काउन पाइँदैन।त्यहाँ लाखौं मान्छेको रोजगारी जोडिएको छ।

 

लाखौं मान्छेहरुको जीवन जोडिएको छ’, बस्नेतले भने। सपनामा घर भत्किएको देख्दासमेत अनिष्ट हुन्छ भन्ने मान्यता रहेको नेपाली समाजमा हिरो भन्नका लागि बिपनामै घर भत्काइनु निन्दनीय भएको बताए।