Friday, June 9
Shadow

राष्ट्रपतिको राजीनामा माग्ने प्रचण्डको ओठतालु सुक्नेगरी केपी ओलीले सोधे एउटा प्रश्न !

काठमाडौं  ।

सर्वाधिक विवादित बनेको नागरिकता विधेयक प्रमाणिकरण होला किन नहोला भन्ने चासो बढेको छ । सत्ता गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्न थालेका छन् ।

सत्तागठबन्धन दलहरु मध्ये एक नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नैपर्ने बताएका छन् ।

प्रचण्डले यतिमात्र नभई उक्त विधेयक प्रमाणिकरण नभए अदालत जानेसम्मको चेतावनी दिएका छन् ।यसैबीच, प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काउन्टर जवाफ दिएका छन् । ओलीले सरकारले नागरिकता विधेयकलाई ।

तनावको विषय बनाएको आरोप लगाएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले पाखुरा देखाएर, तनाव बढाएर समस्या समाधान नहुने बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने विषय उठाएकोबारे ओलीले प्रश्न गरे, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो?’।

 

सत्ता गठबन्धनले बाहिरै बसेर बाहिरै निर्णय गरेर अहंकार देखाएको ओलीको टिप्पणी छ। ओलीले भने, ‘राष्ट्रपतिले पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौँ भनेर पास गरेर उद्दण्डता देखाउने? यति बेसोमती कुनै सत्ता पक्ष हुन्छ? यति अहंकारको भाषा बोल्छ?’