शुक्रबारबाट ।
देशब्यापी प्रदर्शनमा फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को धरानमा बिशेष प्रिमियर शो सम्पन्न भएको छ । बहादुर गोर्खालिहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने ।
कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म हेर्न धरानमा लोकप्रिय मेयर हर्क साम्पाङ समेत हलमा आएका थिए ।उनले आफुपनी लाहुरेको छोरा नाति भएको कारण यो फिल्म हेर्न हलसम्म आएको प्रतिक्रिया दिए ।
धरानमा भर्खरै संचालनमा आएको फ्रेन्ड्स सिनेमा हलमा गरिएको विशेष प्रिमियर शोमा धराने सिनेप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । ७२ मिनेट लामो फिल्म हेरेपछि उपस्थित दर्शकले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।
शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरु समिर गुरुंग, गौमाया गुरुंग र स्टुअर्ट वाल्कर धरान आएका थिए । विशेष प्रिमियर शोमा फिल्मका निर्देशक प्रदिप शाही पनि
उपस्थित थिए । उनले भोलिबाट प्रदर्शन हुने यो ‘गोर्खा : बिनिथ द ब्रेभरी’ फिल्म सबैले हेर्न आग्रह गरे । यो फिल्ममा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाईते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ ।