Monday, June 5
Shadow

सन्दीप लामिछानेले एकाबिहानै लेखे यस्तो स्टाटस

नाबालिग बला’त्कार ।

 

अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दाेष दाबी गरेका छन्। शुक्रबार बिहान सामा जिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेको र कानुनमा विश्वास राख्ने बताएका हुन्।

उनले बिदा लिएर नेपाल फर्केन पनि बताएका छन्। ‘म निर्दाेष छु, नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु’, उनले लेखेका छन्, ‘म सीपीएलबाट बिदा लिएर केही दिनभित्र नेपाल फर्किन्छु।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान लामिछाने लाई निलम्बन गरिसकेको छ । बिहीबार जिल्ला अदालत काठमाडौं ले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्यानले यस्तो निणर्य गरेको हो ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई ब’लात्कार गरेको आरोप लागेपछि खेल क्षेत्र तरंगित बनेको छ ।

प्रहरीमा परेको जाहेरीअनुसार सन्दीपले नाबालिगलाई भक्तपुरको नगरकोटामा दिनभर घुमाएर राति काठमाडौंमा ल्याई ब’लात्कार गरेको आरोप लागेको छ ।

भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक पटक ब’लात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ ।

I am INNOCENT & keep

complete belief in the

respectable laws of Nepal. I

have decided to take a leave

from CPL and go back to my

country within few days. I am

ready to face all these baseless

allegations. May justice be

served to the innocent & right

investigation to be done

towards everyone involved.

Hope the law acts equal to

everyone.

-Sandeep Lamichhane