Sunday, March 26
Shadow

विकास कसरी गर्नुपर्छ त्यो ‘म’ बाट सिक्नुपर्छ – प्रकाशमान

काठमाडौं  ।

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास कसरी गर्नुपर्छ भन्ने कुरा आफुबाट सिक्नुपर्ने बताएका छन् ।शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा आफुबाट विकास सिक्नुर्ने बताएका हुन् ।

मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताएका नेता सिंहले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताए । सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ।

भन्ने उदाहरण काठमाडौं क्षेत्र नम्बर १ले देखाएको दावी गरेका उनले समुदायमा काम गर्दा पारदर्शी रूपले गर्नुपर्ने बताए ।  कमिशन खान खाेज्नेहरु नै सरकारमा छन् – झलनाथ खनाल नेकपा एकी  कृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कमिशन खान खोज्ने व्यक्तिहरु नै सरकारमा पुगेका बताउनुभएकाे छ ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बो धन गर्दै नेता खनालले कमिशन खाेज्ने व्यक्तिहरु नै सरकारमा पुग्ने गरेकाले देशकाे विकास हुन नसकेकाे बताउनुभयाे ।

कमिशन खान खाेज्नेहरुकै कारण देशलाई आत्मनिर्भर बनाउन नसकिएकाे उहाँकाे भनाइ छ । पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौति गरेर देशकाे व्यापार घाटा कम गराउनुपर्ने भएपनि सरकारकाे ध्यान त्यसतर्फ जान नसकेकाे नेता खनालले बताउनु भयाे ।

पेट्राेलकाे उपभाेगबाट व्यापक कटाैती गर्न सक्छाैं, अहिले जुन कारणले देश व्यापार घाटाकाे खाडल परिरहेकाे छ त्यसलाई स्वात्तै घटाउन सक्छाैं, तर सरकार त्याे कुरामा उत्साही भएर लाग्न सकिरहेकाे छैन,लाग्दैन किनभने त्यसाे गर्दा सरकारले कमिशन पाउँदैन कमिशन जे मा पाउँछ।

त्यतातिर बढीमात्रामा लाग्ने मान्छेहरु सरकारमा पुग्ने गरेकाे हुनाले हाम्राे देशकाे विकास राेकिएकाे छ’- उहाँले भन्नुभयाे । देशको व्यापार घाटा न्यूनिकरण गर्न राज्यका विभिन्न तहमा बसेका व्यक्तिहरु गम्भीर हुन नसकेका भन्दै ।

नेता खनालले आफ्नो मात्र लाभ खोज्ने नेताहरु धेरै भएका कारण समस्या सिर्जना भएको बताउनुभयाे । नेता खनालले समस्याहरुकाे समग्र अध्ययन गरेर भण्डाफाेर गर्न महासंघकाे नेतृत्वलाई निर्देशन दिनुभयाे । नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र विकास गर्ने।

आधार रहेको भएपनि त्यसलाई विकसित र आधुनिकिकरण गर्न नसकिएको समेत उहाँले बताउनुभयाे । कृषि अर्थतन्त्रका लागि कृषि क्रान्तिको कार्यक्रम जनताले खोजेको भएपनि यसमा प्रमुख भनिएका दल र सरकार नै उदासिन रहेको नेता खनालकाे आराेप छ