Friday, March 31
Shadow

दिल्लीमा भारतीय मन्त्रीबाटै प्रचण्डको घोर अपमान !

भारतको सरकारको नेतृत्व गरिराखेको भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ३ दिने भारत भ्रमणमा २०७९ असार ३१ गते शुक्रबार दिल्ली पुगेका थिए ।

आगामी आमनिर्वाचनपछि सरकारको नेतृत्व गर्ने सपना बनाइराखेका माओवादी अध्यक्ष दाहाललाई भारतको सत्ताको नेतृत्व गरिराखेको भाजपाका अध्यक्ष नड्डाले गरेको निमन्त्रणालाई राजनीतिक रुपले उच्च मूल्यांकन गर्दै र विभिन्न सपना बुन्दै असार ३१ गते शुक्रबार उनी भारतको राजधानी दिल्ली पुगेका थिए ।

दिल्ली भ्रमणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल तथा भारतीय विदेशमन्त्री एस.शिवशंकरले २०७९ असार ३२ गते शनिबार बिहान भेटवार्ता गरेका थिए भने २०७९ साउन १ गते भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले दाहालको सम्मानमा दिवाभोजको आयोजनासमेत गरेका थिए ।

अस्ति असार ३२ गते शनिबार बिहान भारत सरकारका विदेशमन्त्री एस.जयशंकरले पार्टी अध्यक्ष नड्डाको निमन्त्रणमा दिल्ली भ्रमणमा पुगेका नेपालका पूर्व प्रधानमन्त्री, माओवादी केन्द्रका नेता तथा गठबन्धन सरकारको एउटा घटकका सर्बोच्च नेता दाहालस“ग अपमानजनक रुपले प्रस्तुत भएका थिए ।

बिहानको समयमा पार्टी अध्यक्ष नड्डाको निमन्त्रणामा दिल्ली भ्रमणमा पुगेका नेपाल सरकारको एउटा घटक माओवादी केन्द्रका अध्यक्ष, सार्वभौम देशका पूर्व प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्री एस.जयशंकरले कूटनीतिक र सामाजिक मर्यादा विपरीत नाइट सुटमै प्रस्तुत भएर दाहालको अपमान गरेका थिए ।

आधा बाहुलाको सर्ट लगाएर भेटवार्ता गर्नुलाई कूटनीतिक मर्यादा विपरीत मानिन्छ र कतिपय नेपालकै कार्यालयलमा पनि आधा बाहुला भएको सर्ट लगाएर प्रवेश गर्न पाइँदैन ।

तर, भारतीय विदेशमन्त्री एस.जयशंकरले भने नियोजित रुपमा आधा बाहुला भएको सर्टसहितको नाइट ड्रेस लगाएर नेपालका पूर्व प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेर सांकेतिक रुपले अपमान गरेको रुपमा कूटनीतकि वृत्तमा चर्चा भएको छ ।

कूटनीतिक विश्लेषकहरु भारतीय विदेशमन्त्री एस.जयशंकरको यो व्यवहारलाई २०७२ साल असोज १ गते वर्तमान संविधान केही दिन रोक्ने प्रस्ताव लिएर काठमाडौं आउँदा माओवादी अध्यक्ष दाहालले गरेको व्यवहारको जवाफ मान्दछन् ।