बिहानै छोराको यस्तो खबर सुनेपछि छाँगाबाट खसे भन्दै बुवाले दिए यस्तो प्रतिक्रिया

News

काठमाण्डौ।

 

नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने अहिले चर्चा र विवादमा तानिएका छन् । उनलाई एक नाबालिगले जब’ र्जस्ती क’रणी गरेको भन्दै जाहेरी दिएपछि राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा उनीबारे विभिन्न खाले समाचार आइरहेका छन् ।

 

१७ वर्षीया किशोरीले मंगलबार गौशाला प्रहरीमा जाहेरी दिएपछि सन्दीपको परिवार पनि यतिबेला तनावमा छन्। उनका बुवाआमा छाँगाबाट खसेजस्तो महसुस गरेको बताएका छन् । बुवाआमा नियमित समयमा सुतिसकेका थिए ।

बिहानको समाचारमा छोराको यस्तो खबर आएपछि उनीहरू तनाव मा परेका थिए । बिहानमात्रै उनीहरुले छोराको खबर थाहा पाएको बताएका छन् । एक अनलाइनसँग कुरा गर्दै सन्दीपका बुवा चन्द्रना रायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाउँदा छाँगा बाट खसेजस्तै भएको बताएका छन् ।

 

सन्दीपका बुवाले उनको चालचलन निकै राम्रो भएकाले यो खबर पत्याउन गाह्रो भएको बताएका छन् । हाल चितवनमा बस्दै आएका उनका बुवा सन्दीपले छोराको हिसाबले सबै जिम्मेवारी पुरा गरिरहे को बताएका छन् ।

सदीपका बुवाका अनुसार बाहिर आएको घटनामा उनीहरूले पत्या  उन सकेका छैनन् । बुवाआमाले यो षड्यन्त्र मात्रै भएको समेत आशं का गरेका छन् । छोरालाई फसाउन षड्यन्त्र गरिएको हो कि भन्ने उनको आशंका छ । बन्द प्रशिक्षणमा भएको वेला यो घटना भएको भनिएकाले पत्याउन नसकेको उनले बताएका छन्।

 

नाबालिग किशोरीलाई बला’त्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमा डौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ। भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संक लन गर्न थालेको हो। प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामं गलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ।

प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ। सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ। सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक-पटक बलात्कार गरेको प्रहरीसँग भनेकी छन्।

 

जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ। बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ।

Leave a Reply

Your email address will not be published.