निर्दोष रहेको बताउँदै सन्दीपले गुहारे क्यान, यस्तो छ उनको अपिल

Sport

काठमाडौँ ।

 

जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ,’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने ।

 

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दी पविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो। प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामं गलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ।

प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ। सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ। सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक-पटक बला’त्कार गरेको प्रहरीसँग भनेकी छन्।

जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षण समेत गराएको छ। बुधबार नै प्रमाणहरू संकलन गरी लामिछा नेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ।

 

प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए । यस्तै सन्दीप सीपीएलको खेलेर खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।

Leave a Reply

Your email address will not be published.