गत वर्ष भदौ ३ गते ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्रीको तस्वीर निकै भाइरल बन्यो । झन्डै पचास वर्ष आफैंले संघर्ष गरेर हुर्काएको पार्टी एमाले छोडेर नयाँ दल दर्ता गर्न ।
निर्वाचन आयोग पुगेका नेपाललाई नेतृ झाँक्रीले हात समातेर आयोग कार्यालयतर्फ डोर्याउँदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।त्यस अगाडि २०७७ माघ १६ गते गोरखाको सिरान चोकमा राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा बोल्दा २९ गते प्रहरीले उनकै निवासबाट पक्राउ गर्यो ।
सर्वत्र विरोध भएपछि पाँच घण्टा हिरासतमा राखेर प्रहरीले बयान लिएर उनलाई छोड्यो । त्यसयता उनी नेकपा एमालेविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएकी छन् ।उनीहरूकै ढाडसले नेकपा एकीकृत समाजवादी पार्टी तयार भयो ।
उनी सचिव भइन् । पार्टीको तर्फबाट मन्त्रीसमेत बनिन् । नेपाललाई एक वर्ष पहिले हात समातेर आयोग पु¥यााएकी झाँक्री अहिले नेपालसँग रुष्ट भएका खबरहरू बाहिर आइरहेका छन् ।
मंगलबारमात्रै एमाले सचिव योगेश भट्टराईको जन्मदिनको अवसर मा झाँक्रीले लेखेको स्टाटसलाई पनि अर्थपूर्ण रूपले हेरिएको छ । ‘आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने वेला अभाव महसुस हुने रहेछ दाइ’ उनले लेखेकी थिइन् ।
२०५४ सालमा मालेमा लागेकी झाँक्री वामदेव गौतमसँगै २०५८ साल मा एमाले फर्किएकी थिइन् । २०६२/०६३ सालको जनआन्दो लनकी ‘पोस्टर गर्ल’ को रुपमा चर्चित रामुकमारी झाँक्रीसँग नेकपा एकीकृत समाजवादीभित्रको अवस्था र उनका पछिल्लो अभिव्य क्तिका विषयमा नेपाल प्रेसले गरेको कुराकानी :