राष्ट्रिय क्रिकेट टोलीका ।
कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोप का विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ ।
सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धा नकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका हुन्।
क्यान अध्यक्ष चन्दले भने,’सन्दीपको बारेमा अहिले पुष्टि भइसके को छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनु शासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ।’
उनले कानूनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा सन्दीपले बालिकालाई।
यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।