एउटै हतियारले डामिएका दुई सेलिब्रिटी : अनुसन्धान अगावै बदनामी, आखिर किन ?

News

काठमाडौं ।

 

अभिनेता पल शाहलाई बालयौन दुरुपयोगमा दोषी ठहर्‍याएर अदालतले अढाई वर्षको जेल सजाय सुनाएकै दिन क्रिकेट स्टार सन्दीप लामिछानेविरुद्ध उस्तै प्रकृतिको जाहेरी पर्‍यो । यी दुई प्रकरणले अहिले सामाजिक सञ्जाल हल्लाइरहेको छ ।

 

नवलपुर जिल्ला अदालतले जाहेरीकर्ताले दाबी गरेजस्तो उनीमाथि पल शाहले जबरजस्ती करणी नगरेको ठहर्‍याएको छ । यद्यपि, उमेर नपुगेकी किशोरीसँग यौनजन्य क्रियाकलाप गरेको भन्दै उनलाई जेल सजायका साथै १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको हो ।

 

बलात्कार र यौन दुरुपयोग धेरै फरक कुरा हुन् । बलात्कार भनेको अर्को व्यक्तिको सहमति बेगर जबरजस्ती राखिने यौन सम्पर्क हो । ‘दुरुपयोग’ ले चाहिँ ‘सेक्स’ बाहेकका अन्य यौनजन्य क्रियाक लापलाई संकेत गर्छ ।

यदि पल र जाहेरीकर्ताबीच शारीरिक सम्बन्ध भएको निष्कर्ष अदालतले निकालेको भए त्यो स्वतः कानूनी रुपमा बलात्कार मानिन्थ्यो, किनकि जाहेरीकर्ता उमेरले नाबालिग हुन् । १८ वर्षमुनि का किशोरी र बालिकासँग सहमतिमै राखेको सम्बन्धलाई पनि कानूनले बलात्कार मान्छ ।

 

प्रहरीले जनाएअनुसार सन्दीप लामिछानेको घटनामा पनि जाहेरी कर्ता नाबालिग हुन् । त्यसैले यदि उनले सन्दीपसँग आफ्नो शारीरि क सम्बन्ध रहेको मात्रै पुष्टि गरे पुग्छ । यदि, दुवैको सहमति मा वा किशोरीकै आग्रहमा सम्बन्ध भएको थियो भने पनि कानूनले सन्दीपलाई ‘बलात्कारी’ नै मान्छ ।

तर, यदि शारीरिक सम्बन्ध रहेको पुष्टि गर्न सकिनन् वा पछि बयान फेरिन् भने सन्दीप निर्दोष साबित हुन सक्छन् । जाहेरीदेखि अदालतको फैसलासम्ममा धेरै लामो प्रक्रियाबाट गुज्रिनुपर्छ । त्यतिञ्जेलसम्म ‘आरोपी’ को ।

 

छवि धुलिसात भइसकेको हुन्छ । यदि, अन्तिम फैसलामा निर्दोष साबित भए पनि अहिले लागेको दाग सहजै पुछिँदैन । उनको क्रिकेट करिअर पनि बिथोलिइसकेको हुन्छ । यसर्थ सन्दीपका लागि यो जाहेरी नै उनको व्यवसायिक तथा निजी जीवन तहसनहस बनाउन पर्याप्त छ ।

यदि पछि निर्दोष साबित भए भने पनि करिअरमा भएको क्षति र व्यक्तिगत एवं पारिवारिक प्रतिष्ठामा पुगेको चोटको भर्पाइ सम्भव छैन । यदि कुनै पुरुषमाथि एक महिलाले यौनजन्य अपराधमा जाहेरी दिइन् भने उनको पहिचान गोप्य राख्नुपर्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published.