पूर्वप्रधानमन्त्री तथा ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिन नहुने बताएका छन्। नेकपा एकीकृत समाजवादी सुर्खेतले बुधबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै।
उनले यस्ताे बताएका हुन्।उनले भने ‘विगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्यु निष्ट क्रान्तिमाथि प्रहार भयो। र, पार्टीभित्र पटक-पटक विद्रोह भयो। क्रान्तिमा लागिसकेपछि ।
हामीले एकछिन पनि आराम लिनुहुँदैन। हामी अहिले नयाँ क्रान्तिमा आएका छौँ।’विगतलाई नबुझी वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले।
हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन, जनविद्रोहवाट सम्भव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए।संविधानको रक्षा गर्न, ।
संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि आफूहरूले विद्राेह गरेकाे उनकाे भनाइ छ। अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्नेमा उनले जाेड दिए।