बालुवाटारमा गठबन्धनले खाएको चिया नास्ताको पैसा कसले तिर्छ ?

News

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले गठबन्धनले बालुवाटारमा दैनिक बैठकका नाममा खाएको चिया नास्ताको पैसा कसले तिर्ने भन्दै प्रश्न गरेका छन्।

 

प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्ने क्रममा बास्कोटाले यस्तो प्रश्न गरेका हुन्।अघिपछि त बालुवाटारमा बसेर चिया खान हुन्न भन्नुहुन्थ्यो।

अहिले गठबन्धनको बैठक दिनदिनै गर्नुभएको छ।‘ उनले भने, चिया को पैसा कसले तिर्छ सभामुख महोदय ? नास्ताको पैसा कसले तिर्छ? जनताकै करबाट तिरेको छ नि ! संसदको म्याद समानु पातिक तर्फको उम्मेदवारी मनोनयनसँगै सकिने ।

भन्दै त्यसभन्दा अगाडि लैजान खोज्ने सरकारको प्रयास तत्काल फिर्ता लिन माग गरे।गठबन्धन तोडिने माधव नेपालको संकेतनेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोडिने संकेत गरेका छन् ।

उनले गठबन्धन भित्र भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँड फाँटको विषय पेचिलो बन्दै गएको बताए ।अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए ।

पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न।

चाहिरहेको उल्लेख गरे । अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काम मा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले चुना वलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचा लनको काममा खटिन पनि ।

सिंगो पार्टी पंक्तिलाई सचेत गराए । भने, “अब काठमाडौं र सदर मुकाममा बस्ने होइन । अब बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो ? ठूलो कुरा होइन ।”अध्यक्ष नेपालले दलित समुदा ।यमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिए ।

Leave a Reply

Your email address will not be published.