सन्दीपको साथी हुन् नाबालिकासम्म पुर्याउने मतियार ?

Lifestyle

नेपाली राष्ट्रिय क्रिकेट ।

 

टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध ब’लात्कार आरोप पुष्टि हुने केही तथ्य फेला पारेको दाबी प्रहरीले गरेको छ । मंगलबार साँझ प्रहरी वृत्त गौशलामा लामिछानेविरुद्ध एक १७ वर्षीया नाबालिकाले ब’लात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् ।

नाबालिकाको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरीले लामिछाने बसेको भनिएको होटलको दृश्य क्लोज सर्किट (सीसी) क्यामेरामा देखिएको एक प्रहरी अधिकारीले बताए ।

त्यो बाहेक प्रहरीले नगरकोट जाने बाटोकाे समेत सीसीटीभी अध्ययन गरेको छ ।होटलको दृश्यमा सन्दीप र पीडित युवती ५ भदौ राति ११ बजे होटल पुगेका देखिएकाे प्रहरी दाबी छ ।

उनीहरू दुवै जना होटलको कोठा नम्बर ३०५ मा बसेको खुलेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रविन्द्र धानुकले जान कारी दिए । होटलमा भने उनीहरूको परिचयपत्र नराखेको प्रहरीको भनाइ छ ।एआईजी धानुकका अनुसार ।

पीडित नाबालिकासँग सन्दीपको सम्बन्ध उनकै एक साथीमार्फत भएको हो । त्यसयता भने उनीहरू नियमित सम्पर्कमा रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।हाल लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका छन् ।उनी ६ भदौमा वेष्ट इन्डिज गएका हुन् ।

वेष्ट इन्डिज जानु एक दिनअघि ५ भदौमा पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर ती नाबालिकालाई ब’लात्कार गरेको आरोप लागेको हो ।प्रहरी उच्च स्रोतका अनुसार नुवाकोट स्थायी घर भएका पीडित नाबालिका बानेश्वरको एक गर्ल्स होस्टेलमा बस्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.