बालेनले नियुक्त गरे शिक्षा सल्लाहकार, रेशुले पाइन् जिम्मेवारी

News

काठमाडौं ।

 

काठमाडौं महानगरका प्रमुख बालेन शाहको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्। उनलाई शिक्षा सल्लाहकारको रूपमा नियुक्त भएको मेयर बालेनको सचिवालयले जनाकारी दियो। अर्याल टिच फर नेपालको संस्थापक समेत हुन् ।

 

उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत थिइन्। केही दिनअगाडि महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्यालसहित ५ जनालाई नियुक्त गरेको थियो।मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी,।

 

ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।त्यस्तै, महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न ।

 

खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राखेको छ । बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए ।

Leave a Reply

Your email address will not be published.