राजा महाराजा आएको झल्को देखाउने लिङदेनले संसदबाट राजीनामा दिएर संसद हलुको भएको छ : माओवादी

Sport

संसदमा आक्कलझुक्कल ।

 

आउने अनि राजा महाराजा आएको झल्को देखाउने लिङदेनले संसदबाट राजीनामा दिएर संसद हलुको भएको छ : माओवा दीकाठमाडौं २१ भदौ ।

 

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सांसद पदबाट राजीनामा दिएर संसद बैठकमा नआउने घोषणा गरेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनका यो निणर्यले संसदको बोझ हटेको टिप्पणी गरेका छन् ।

 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सासंद महतले संसदमा आक्कलझुक्कल आउँने र आएका बेला पनि राजाम हाराजाको झल्को देखाउने लिङदेनले राजीनामा दिएर सदनलाई हलुको बनाइदिएको भन्दै ।

 

धन्यवाद समेत दिए ।‘आफूलाई अब्बल, राष्ट्रवादी र इमान्दार ठान्ने, संसदमा आक्कलझुक्कल आउने । आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने । सदनको भूमिकामा चासो नै नराख्ने । पहिले नै राजीनामा दिनुपर्ने मान्छे ।

 

साँचो अर्थमा भन्दा सदनका लागि बोझजस्ता देखिने माननीयज्यूले राजीनामा दिएर हल्का महसुस गराइदिएकोमा उहाँलाई धन्यवाद’ उनले भने ।

Leave a Reply

Your email address will not be published.