हार्दिक बधाई तथा शुभकामना आमाले ज्याला मजदुरी गरेर पढाएको छोरो कक्षा १२ को परीक्षामा नेपाल टप।

News

काठमाडौ।

 

पर्वतको जलजला गाउँपालिका–४,की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी छन्। चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने ।

 

चिन्ताले सधैँ सताइरहने परियारले गएको शुक्रबारराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन्।

 

निरन्तर दुःखसँग पौँठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक।

 

बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै छोराछोरीसँगै घर छोडिन्।

Leave a Reply

Your email address will not be published.