शुक्रबार , असार १७, २०७९

इतिहासमा मैले जति बिकाश गर्ने नेता यो दुनियाँमा जन्मेको छैन, : केपि शर्मा ओली

पुष २४, २०७८ शनिबार 252

काठमाडौँ ।

दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी गर्ने मामलामा भारतले विभिन्न बहाना बनाइरहेका बेला नेपालका सबै राजनीतिक पार्टीहरू एकजुट भएर भारतले दिँदै आएको दबाबलाई बेवास्ता गरी संविधान जारी भयो । त्यो बेला पनि तत्कालीन नेकपा एमालेका अध्यक्षको हैसियतमा केपी शर्मा ओलीको अडानले ठुलो भूमिका खेलेको थियो ।

नेपालमा संविधान सभाबाट नेपालको संविधान जारी भइसकेपछि भारतले अघोषित रूपमा २०७२ सालमा नेपाल प्रति नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको डटेर सामना गर्ने निर्णय गरी सम्पूर्ण नेपालीलाई एकजुट हुन आव्हान गरेका थिए ।
भारतलाई नाकाबन्दी नगर्न ।

विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि आफूहरूले नगरेको मधेशी राजनीतिक दलले नाकाबन्दी गराएका भनी नाकाबन्दीलाई निरन्तरता दिइयो ।तत्पश्चात् तत्काल केपि ओली सरकारले चीनसँग व्यापारिक नाका खुला गर्ने बारेमा चिनिया सरकारसँग दुईपक्षिय वार्ता गरी अन्ततः अन्तर्राष्ट्रिय पारवहन भारतीय भूमि मात्र प्रयोग हुँदै आएकोमा चीनसँग सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न ।

पाउने सम्झौता चीन सरकारसँग गरिएको थियो । यसबाट नेपाल जुन रूपमा अन्तर्राष्ट्रिय पारवहनका लागि भारत निर्भर थियो त्यो अवस्था ऐतिहासिक रूपमा ब्रेक भएको थियो ।सुगौली सन्धि १८१६ र महाकालीको मुहान लिम्पियाधुरा तत्कालीन ब्रिटिस इन्डिया कम्पनी सरकार र नेपाल सरकार बिच सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ मा “नेपालमा ।

श्री ५ महाराजधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधि कारीहरू वा वारिसहरूका लागि काली नदीको पश्चिममा पर्ने देशहरू सितका सम्बन्ध र सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सिन्छ र ती देशहरू वा तिनका बासिन्दाहरूसित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन” ।

भनेबाट नेपाल भारतको सीमा नदी काली वा महाकाली हो । यसको मुहान लिम्पियाधुराबाट सुरु हुन्छ । त्यसैले लिम्पियाधुरा पूर्वको सम्पूर्ण भूमि नेपालको हो । त्यस बारेका सम्पूर्ण प्रमाणहरू नेपालसँग सुरक्षित रहेकाछन् । सुगौली सन्धि तथा सो पछिका विभिन्न प्रमाण कागजहरू एवं स्वयं ।

ब्रिटिस इन्डिया कम्पनी सरकारले जारी गरेका नक्साहरू समेतका आधारमा लिम्पियाधुराबाट बग्ने नदी नै महाकालीको सीमा नदी भएको र सो पूर्व तर्फका सबै क्षेत्र नेपाली भूमि भएका र सो क्षेत्र विगत लामो समय देखि भारतले अतिक्रमण गरी रहे पनि नेपालका हालसम्मका कुनै पनि पञ्चायती शासकहरू ।

तथा प्रजातन्त्र आईसकेपछिका सरकारहरूले पनि पहल नगरेको तितो यथार्थता हो।जब भारतले सन् २०१५ मा चीनसँग लिपुलेक भारत चीनको व्यापारिक नाका बनाउन दुईपक्षिय सन्धि गरेको समाचार बाहिर आएपछि त्यसको विरोध नेपाल सरकारले गरेको थियो । तर भारतले त्यो विरोधको कुनै ।

प्रतिक्रिया जनाएको थिएन । तर भारतलेत्यसको विरोध नेपाल सरकारले गरेको थियो । तर भारतले त्यो विरोधको कुनै प्रतिक्रिया जनाएको थिएन ।तर भारतले भारतीय सेनाको कालापानीमा कब्जा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० पश्चात् भारतीय सेना नेपालको कालापानी क्षेत्रमा ।

प्रवेश गरी औपचारिक रूपमा १९६२ देखि बस्न थालेको देखिन्छ । त्यो बेला देखि हालसम्म पनि भारतीय सेनाको उक्त क्षेत्रमा उपस्थि ति रहेकोमा नेपालले वि.सं.२०५१ देखि निरन्तर उठी रहे पनि यसअघि कुनै कार्यवाही अगाडि बढेको थिएन ।

प्रतिकृया दिनुहोस्