Monday, January 30
Shadow

जनताले जुनसुकै बेला ठोक्न सक्छ्न त्यसैले थप सुरक्षा चाहियो: पर्यटनमन्त्री

काठमाडौं।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गरेकै भरमा सुरक्षा गार्डलाई अभद्र व्यवहारको मुद्दामा हिरासत पठाएपछि जनता आक्रोशित बनेका छन्। आक्रोशित जनताले जुनसुकै बेला आक्रमण गर्नसक्ने डरले आफ्ना लागि थप सुरक्षा माग गरेका छन्।

 

आइतबार पर्यटन मन्त्री श्रेष्ठले गृहमन्त्रालयमा सम्पर्क गरी थप सुरक्षा दिन माग गरेका हुन्।आफ्नो बारेमा सार्वजनिकस्थल तथा सामाजिक सञ्जालमा विरोध भइरहेको जानकारी गराउँदै श्रेष्ठले भौतिक आक्रमण समेत हुनसक्ने ।

 

भन्दै केही सुरक्षाकर्मी थपिदिन मन्त्री श्रेष्ठले आग्रह गरेका गृहम न्त्राल यका एक अधिकारीले बताए। नियम पालना गराउने सुरक्षा गार्डलाई पक्राउ गरिएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको छ।शेरजंग गुरुङविरुद्ध उजुरी दिएर ।

 

पक्राउ गराएपछि आम नारिककाे आक्रोश र आलोचनाको सिकार बनेका मन्त्रीले आफूमाथि भौतिक आक्रमण समेत हुनसक्ने निष्कर्ष निकाल्दै थप सुरक्षा माग गरेको गृह स्रोतले बताएको हो।