काठमाडौं :।
अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । यौन दुरुपयोगको मुद्दामा जिल्ला अदातल, नवलपुरले शाहलाई सफाइ दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय तोकेको छ ।
जिल्ला अदालतले जेल सजाय सुनाएका अभिनेता पल साह उक्त निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत नवलपरासीले आज उनलाई अढाई वर्ष जेल सजायसहित क्षतिपू र्तिको फैसला गरेको थियाे।
मंगलबार जिल्ला अदालतका न्यायाधीशले साहविरुद्ध बलात्कार प्रमाणित नहुने तर बाल यौन दुरुपयोगको ठहर भएको भन्दै अढाई वर्ष सजाय र २५ हजार जरिवाना तथा पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।
उनका वकिल कमला मोहन वाग्लेले उच्च अदालत जाने बताए। जिल्ला अदालतको फैसला गलत भन्दै उनले उच्चबाट न्याय मिल्ने विश्वास व्यक्त गरे। उनले पीडित भनिएकी नाबालिगले समेत आफूमाथि यौन हिंसा भएको छैन भन्दाभन्दै अदालतले यस्तो फैसला गर्नु गलत रहेको वाग्लेको भनाइ छ।
फैसला सकारात्मक नभएको र आफूहरु उच्च अदालत जाने तयारीमा जुटेको वकिल वाग्लेले बताए। त्यस्तै अदालतले अभि भावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।