नेकपा (एकीकृत समाजवादी) ।
का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूले यो देशमा एमाले भन्ने पार्टी नै नदेखेको टिप्पणी गरेका छन् ।उनले एमाले आफू र माधव नेपालले बनाएको जिकिर गरे ।उनले भने,‘म त यो देशमा नेकपा (एमाले) भन्ने पार्टी नै देख्दिन् ।
नेकपा एमाले भनेको मैले बनाएको हो, माधव नेपालले बनाएको हो अमृत बोहोरा र मुकुन्द न्यौपानेले बनाएको हो । थुप्रै साथीहरुले बनाएको पार्टी हो । यो पार्टी त अहिले कहाँ छ त देशमा । केपी ओलीले नेतृत्व गरेको पार्टी भनेको अदालतको उत्प्रेषणको अधि कारले एउटा एकीकृत भएको पार्टीलाई ।
फोरेर बनाएको एउटा फ्याक्सन हो ।यो त तपाईँलाई थाहा छ नि । यो त नक्कली एमाले हो ।’हिजो राति प्राइम टिभीबाट प्रसारण भए को जनता जान्न चाहन्छन् कार्यक्रममा ‘ पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले एमालेमा अहिले अरु साथीहरु किन बसिरहेको ? भनेर पनि प्रश्न गरे ।रिपोर्टस नेपाल बाट
प्रतिकृया दिनुहोस्