अहिलेको निर्वाचनमा मलाई जिताउनुस् म बिदेशमा भएका ५० हजार युवालाई स्वदेश फर्काउँछु अनि रोजगारको सिर्जना गर्छु: रायमाझी

News

काठमाडौँ ।

 

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउने बताएका छन् ।युवाहरूलार्इ स्वदेश फर्काउनका लागि पूर्वाधार तयार गरिने नेता रायमाझीले बताए ।

उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने,गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन ।

नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।उनले हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभ एकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना माओवादीले राखेको जानकारी दिए ।

उनका सल्ला  हकार सन्देश पौडेलले एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ऊर्जा, शिक्षा, युवा विकास र खेलकूद, कृषि खाने पानी, सडक र पर्यटनको विकासका लागि पनि पार्टी कटिबद्ध हुने बताए ।

Leave a Reply

Your email address will not be published.